วันจันทร์ที่ 28 มีนาคม พ.ศ. 2559

भिक्षु कित्तिसक्को (दुर्गाराज शाक्य) (Nepal)


     समुहगत श्रामणेर प्रब्रज्या कार्यक्रम अन्तरगत प्रथम पटक वाट फ्रा धम्मकाय विहारबाट  नेपालमा ई.स. २०११ मा  आयोजित  कार्यक्रममा श्रामणेरको रुपमा प्रबजित भई सहभागी भएको थिए। कार्यक्रम सिमित थियो,तर कार्यक्रम पछि पनि मैले प्रब्रजित जिवनलाई निरन्तरता दिइ राखें, यसै क्रममा यस पछि  वाट फ्रा धम्मकायमा आएर उपसम्पन्न भिक्षु प्रब्रज्या  हुने सौभाग्य मिल्यो।पूजणीय ल्हुवङ्फ भन्ते  संग दर्शन भेतमा  उहाॅका अर्ति-उपदेश ,माया-ममता,मैत्री, ज्ञान दर्शनबाट  उहाँको मैत्रीभाव संसार भरका जनवर्गमा पुर्याउँने  र विज्जा धम्मकायलाई फैलाउँनेमा सहभागी भई  निरन्तर क्रियाशील रहने छुँ भन्ने प्रेरणा पाएँ।यो अमुल्य जिवनलाई माया गर्दै, प्रब्रजित जिवनलाई शुरक्षित गर्दै साच्चै चिन्ता मुक्त जिवनको साथ निर्वाण फल प्राप्त गर्न मन लगाई अभ्यास प्रयासमा लगाउँने छु र अरुलाई पनि यस शुध्द  प्रब्रजित जिवनमा आउँन धेरै धेरै आमन्त्रित गर्दछु। उहाँ ल्हुवङ्फ भन्तेले बुध्द शासन प्रचार-प्रसारमा जुन उच्च योगदान दिइ राख्नु भएको कुरा उहाँको दैनिक  क्रियाकलापबाट प्रत्यक्ष देखेरे  नौलो ज्ञान मिली मेरो जिवन  परिवर्तन भयो र जिवनभर उहाँ जस्तै  शासनको लागी समर्पित हुने पुर्ण बल शक्ति र उत्साहबाट तत्पर भइ रहेछुँ। अहिले म वाट फ्रा घम्मकायको अन्तरगत रहि काम गरि रहेको छुँ।
अन्तमा यस आधुनिक युगमा बुध्द शासन उन्नतिको लागि एक मुख्य भुमिका निभाउँदै आउनु भएका पुण्य पारमिताबाट ज्वाज्लयमान हाम्रा श्रध्देय् ल्हुवङ्फ धम्मजयोबाट मैले पनि पुण्य पारमिता पुरा गर्ने राम्रो अवसर पाएँको मा उहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। साधु।।।
                
             भिक्षु  कित्तिसक्को (दुर्गाराज शाक्य)  धर्मस्थली काठमाण्डौं, नेपाल वाट फ्रा धम्मकाय थाईल्याण्ड
मिति-2559-03-23-04(2016)

  In 2011 the first mass ordination program from Wat Phra Dhammakaya arranged at Nepal. I ordained as a novice in this program. It was limit days program but I continue my monastic life even the program was finished. Then I got the opportunity to come here to get fully ordination to be come a monk at Wat Phra Dhammakaya, Thailand. And I was lucky again to have a chance to see the abbot, Luang Por Dhammajayo. When I saw his teaching with loving kindness, affection and his wisdom philosophy, I got an inspiration to work out continuously for help him spreading Vijja Dhammakaya with loving kindness. I love this precious life because I get real free worry life to Nirvana. I intend to practice my monastic life and purify my mind. I’d love to invite other people to be monks as well. I got extra knowledge from Luang Por’s daily life. I see Luang Por’s contribution for Buddhism spreading around the world. My life is changed and I’m ready to dedicate my all energy or my life to spread Buddhism all around the world as the same as Luang Por does. And now I’m helping all activities of Dhammakaya temple. 

Luang Por Dhammajayo is the brightest monk with all merit and PARAMITA. And he is the one person who plays an important role in spreading and makes good progress on Buddhism to the world. I’d like to express my gratitude to him because Luang Por gives this good opportunity to do big merit and PARAMITA to me.

Bhikkhu Kittisakka(Durgaraj Shakya) 
Dharmasthali Kathmandu, Nepal
Wat Phra Dhammakaya
23-03-2559(2016)

ไม่มีความคิดเห็น: